भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा सकारात्मक संकेत: परराष्ट्र मन्त्री आरजु राणा

4 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ १८ गते । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक संकेत दिएको जानकारी दिएकी छन्।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै मन्त्री राणाले आफूले भदौ २ देखि ६ सम्म भारत भ्रमण गरेको र सो क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटघाट भएको बताइन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मोदीलाई न्यायो अभिवादन र शुभकामना प्रकट गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा पत्र हस्तान्तरण गरेँ,’ मन्त्री राणाले भनिन्, ‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै भ्रमणका लागि सकारात्मक जबाफ दिनुभएको छ।’

मन्त्री राणा भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएकी थिइन्। भ्रमणको क्रममा, भदौ ३ गते उनले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट पनि गरिन्।

उनले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्ने र आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा मोदीसँग छलफल भएको पनि बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?