काठमाडौं,भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्। यो प्राविधिक उपलब्धि विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहअघि सार्वजनिक गरिएको हो। यससँगै नेपालमा पहिलो पटक हाइड्रोजनबाट चल्ने कार सञ्चालनमा आउने भएको छ। दक्षिण कोरियामा निर्मित हुन्डाई कम्पनीको हाइड्रोजन कारलाई विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो। प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजन प्रयोगले वातावरणमा हुने कार्बन उत्सर्जन घटाउने र प्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। यो कदमले स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनमा पनि योगदान पुर्याउने उल्लेख गर्दै उनले नेपालमा आधुनिक र दिगो विकासका लागि आवश्यक प्राविधिक नवप्रवर्तनमा जोड दिनुपर्ने बताए।
कमेन्ट गर्नुहोस्
view comments