मुकुल ढकाल पूर्ण रूपमा निष्कासित, साधारण सदस्यता पनि खोसियो

4 महीना पहिले प्रकाशित

काठमाडौं,भदौ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीबाट पूर्ण रूपमा हटाउने निर्णय गरेको हो। रास्वपाले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टीकरण सोध्दै दुई पटक पत्र पठाएको थियो, जसमा उनले सभापति रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाएका थिए। लामिछानेलाई ‘ठग’ भन्दै ढकालले पार्टीलाई जवाफ पठाएका थिए, जुन नेताहरूले कुण्ठा व्यक्त गरिएको भन्दै अस्वीकार गरेका छन्। २५ असारमा ढकाललाई महामन्त्री, प्रवक्ता, र केन्द्रीय सदस्यबाट हटाउने निर्णय भए पनि उनले त्यस निर्णयविरुद्ध पुनरावलोकनको कुनै निवेदन दिएनन्। ढकालले कारबाही वैधानिक नभएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्, जसमा आयोगले हालसम्म कुनै निर्णय गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?