उपप्रधानमन्त्री पौडेलको सुझाव: मन्त्रीहरुलाई भाषणभन्दा काममा केन्द्रित गराउनुपर्ने
4 महीना पहिले प्रकाशित
काठमाडौं,भदौ ११ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काममा दबाब दिनुपर्ने आवश्यकता औंल्याएका छन्। मंगलबार काठमाडौंमा आयोजित नाडा अटो शो २०२४ लाई सम्बोधन गर्दै उनले भाषण भन्दा काम गर्नुपर्नेमा जोड दिए। मन्त्रीहरुलाई काम गर्ने की भाषण गर्ने भन्ने द्विविधा सिर्जना हुने गरेको उल्लेख गर्दै, उनले निजी क्षेत्रका संगठनहरुलाई मन्त्रीहरुलाई भाषण कम गर्न र काममा प्रेरित गर्न आग्रह गरे। साथै, कार्यक्रममा उपस्थित नहुँदा मर्यादा र आदरको कमीको गुनासो आउने भए पनि, प्राथमिकता काममा दिनुपर्ने र नीति निर्माणमा लाग्नुपर्नेमा जोड दिए। पौडेलले व्यवसायीहरुलाई देश, जनता, र कानूनको ख्याल राखेर सफल व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै, त्यस्ता व्यवसायीहरुलाई राज्यको समर्थन र संरक्षण रहने प्रतिबद्धता व्यक्त गरे। उनले वर्तमान सरकारलाई सबैभन्दा स्थिर सरकारको रूपमा चित्रित गर्दै, यसको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार सिर्जना गरेको बताए। निजी क्षेत्रका साथीहरुलाई औपचारिक कार्यक्रम भन्दा काममा केन्द्रित हुन प्रेरित गर्नुपर्ने सुझाव दिँदै, नीतिगत स्थिरतालाई प्राथमिकतामा राखेर निर्णय लिने काममा सरकार अघि बढ्ने धारणा राखे।
कमेन्ट गर्नुहोस्
view comments