जसपाले कार्यकारिणी समिति र पदाधिकारीहरूको चयन सम्पन्न, उपेन्द्र यादवद्वारा अनुमोदित

4 महीना पहिले प्रकाशित

काठमाडौं,भदौ १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ ।

जेठ २८ देखि ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान २०८० (२०८१ संशोधित) धारा १४१ (१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन, धारा २९ (३) र धारा ८७ (१) मा व्यवस्था भए बमोजिम पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई चयन गरेका हुन् ।

सोमबार जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् । त्यस्तै, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् ।

महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई चयन गरिएको छ भने पार्टीले प्रवक्तामा मनिष कुमार सुमनलाई चयन गरेको छ ।

जसपा नेपालको कार्यकारी निर्णय_page-0001जसपा नेपालको कार्यकारी निर्णय_page-0002जसपा नेपालको कार्यकारी निर्णय_page-0003

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?