स्वतन्त्र सांसद अमरेशकुमार सिंहको कटाक्ष : कांग्रेस र एमालेलाई त्रिवि जग्गा बाँडेर पार्टी अफिस बनाउनुहोस्

4 महीना पहिले प्रकाशित

काठमाडौँ ,भदौ ६ गते । स्वतन्त्र सांसद  अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेलाई विश्वविद्यालयको जग्गा बाँडेर लिनु भन्दै कटाक्ष गरेका छन् । 

 बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा आधा-आधा बाँड्नू भन्दै कटाक्ष गरेका हुन् । उनले त्रिविको सम्पत्तिमा पार्टी कार्यालय बनाउनु भन्दै व्यङ्ग्य पनि गरे ।  

‘त्रिभुवन विश्वविद्यालयको दशा दुई वटा दलले गरेका छन् । दुई दलले आधाआधा सम्पत्ति बाँडौँ र पार्टी अफिस बनाऔँ,’ उनले भने । 

उनले दुई दलले विद्यार्थीलाई विदेश लखेटेको भन्दै दलको नाममा जग्गा दर्ता गराए हुने बताए । 

उनले भ्रष्टाचारका मुद्दामा हदम्याद राखिन नहुने भन्दै भ्रष्टाचारीलाई जोगाउन खोजिएको हो ? भन्दै प्रश्न पनि गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?