परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण: मोदी र जयशंकरसँग शिष्टाचार भेट, सम्मानले थपियो चर्चा

4 महीना पहिले प्रकाशित

काठमाडौं ,भदौ ५ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हाल पाँच दिने भारत भ्रमणमा रहेकी छन्, जहाँ उनी आफ्नो स्वास्थ्य उपचार गराइरहेकी छन्। भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्। डा. आरजुको यो भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीसरहको सम्मान र स्वागत दिएकोले विश्लेषकहरूबीच यो सम्मान अनपेक्षित मानिएको छ। यसले नेपाल-भारत सम्बन्ध थप सुदृढ भएको आङ्कलन गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?