दिल्लीमा परराष्ट्रमन्त्री राणाको दौरा: भारतीय विदेशमन्त्रीसँग भेट, मोदीसँग साँझ वार्ता

4 महीना पहिले प्रकाशित

काठमाडौं,भदौ ३ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच सोमबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ। भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग, र द्विपक्षीय हितका विषयमा गहन छलफल भएको थियो।

परराष्ट्रमन्त्री राणाले यस भेटले सदिऔं पुरानो नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरेको उल्लेख गर्दै फेसबुकमा प्रतिक्रिया व्यक्त गरेकी छिन्। यस भेटमा भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्रका सहसचिव भृगु ढुंगाना, र नेपाली दूतावासका इकोनोमिक काउन्सिलर दुरपदा सापकोटा पनि सहभागी थिए। परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?