डा. आरजु राणा देउवाको पहिलो विदेश भ्रमण, नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्न पाँच दिने भारत यात्रा
4 महीना पहिले प्रकाशित
काठमाडौं, भदौ २ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पाँच दिने भारत भ्रमणका लागि आज भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भएको यो भ्रमणका क्रममा उनले जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने योजना छ, जसमा दुई देशबीचको सम्बन्ध सुधार र सहकार्यका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रीको यो भ्रमण नेपाल र भारतबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको हो।
डा. देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रालयका सहसचिव अमृतबहादुर राई लगायतले बिदाई गरेका छन्। मन्त्री पदभार सम्हालेपछि डा. देउवाको यो पहिलो विदेश भ्रमण हो, जसमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्य रहेको छ। भ्रमण सम्पन्न गरी उनी यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ।
कमेन्ट गर्नुहोस्
view comments