सांसदहरूको माग: नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गरी छानबिन गरियोस्
5 महीना पहिले प्रकाशित
काठमाडौं, साउन २४ गते । संसदीय समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न सांसदहरूले माग गरेका छन्। विशेष गरी नेपाली कांग्रेसका सांसदहरूले प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गरी हवाई दुर्घटना र प्राधिकरणभित्रका बेथिति छानबिन गर्नुपर्ने माग गरेका छन्। कांग्रेस सांसद विमलेन्द्र निधिले संसदीय समितिमा भने, “आयोग बनाउने मात्र पर्याप्त हुँदैन। जबसम्म पदाधिकारीहरू आफ्ना स्थानमा कायम रहन्छन्, जति आयोग बनायो, उहाँहरूलाई कुनै फरक पर्दैन। छानबिनको अर्थ तब मात्र हुन्छ जब पदाधिकारीहरूलाई तत्काल पदमुक्त वा निलम्बित गरेर अनुसन्धान अघि बढाइन्छ। मन्त्रीज्यू, तत्काल आवश्यक कदम चाल्नुहोस्।”
कमेन्ट गर्नुहोस्
view comments