बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि संसद् भंग गरे
5 महीना पहिले प्रकाशित
काठमाडौँ ,साउन २२ गते । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन् ।राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख छ । विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ । विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताइसकेका छन् । उनीहरुले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सार्नुपर्ने माग गरेका छन् । आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि मुलुकलाई नयाँ दिशा दिनका लागि संसद् विघटन गरिएको हो । हसिना देश छोडेर भागेकी छन् । उनी अहिले भारतमा छिन् ।
कमेन्ट गर्नुहोस्
view comments