जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ईम्तियाज अन्सारी पक्राउ
9 महीना पहिले प्रकाशित

बारा ,साउन २१ गते । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका-६ मदरसाटोल बस्ने २७ वर्षीय ईम्तियाज अन्सारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराबाट उक्त मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेस गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments