एमालेको अवरोधका कारण स्थगित भएको संसद बैठक पुन: सुरु
10 महीना पहिले प्रकाशित
फागुन १४ गते । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण स्थगित भएको संसद बैठक पुन :सुरु भएको छ।
विवाददित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्त् गर्नुपर्ने माग राख्दै एमालेले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
उक्त बैठक करिब १५ मिनेटपछि पुनस्सुरु भएको छ। एमालले टेरामक्स खरिद मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा संलग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र रामग्राम निजी कम्पनीले दिने निर्णयमा संलग्न पर्यटनमन्त्री सुदिन किराँतीले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।
प्रत्येक संसद बैठकमा एमालेले विवादित मन्त्रीले राजीनामा दिनुपर्ने र त्यसबारे प्रधानमन्त्री जवाफ दिनुपर्ने बताउँदै आएको छ। सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा जवाफ दिन रुलिङसमेत गरेका छन्।
सोमबारको बैठकमा एमालेका तर्फबाट सांसद गोकुल बास्कोटाले आपत्ति जनाउँदै आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने बताएका थिए।
सोमबारको कार्यसूचीमा विवादित मन्त्री बस्नेतले नै विद्युतीय व्यापार विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची राखेपछि एमालेले त्यसमाथि पनि आपत्ति जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments