ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

२०८० असार २६ । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्। योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?