आजको सुनको मूल्य
2 वर्ष पहिले प्रकाशित

२०८० असार १२ । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments