पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आग्रह

4 वर्ष पहिले प्रकाशित

भदौ ९, २०७८

पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ प्रडक्ट डेलिभरी अर्डर नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो ।

मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् । निगम अन्तर्गतको प्रदेश एक, बागमती र लुम्बिनी प्रदेश अन्तर्गतको डिपोबाट व्यवसायीले पीडीओ नलिने १५ दिने अल्टिमेटम निगमका कार्यालयलाई जानकारी गराएका थिए ।


व्यवसायीको मागका बारेमा निगमको केन्द्रीय कार्यालयसाग वार्ता र छलफल हुने भन्दै प्रादेशिक कार्यालयहरुले अत्यवश्यक सेवा अवरुद्ध नर्गन व्यवसायीलाई आग्रह गरेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?