राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याव टेक्निसियन घुसहित पक्राउ

2 वर्ष पहिले प्रकाशित

२०८० जेठ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याव टेक्निसियनलाई घुसहित पक्राउ गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याव टेक्निसियन लेखनाथ भट्टराई ५० हजार घुस रकमसहित पक्राउ परेका हुन्।

भट्टराईले शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए । घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?