कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

२०८० जेठ २५ । कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका(१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका(९ बस्ने ४२ वर्षीय सञ्च तामाङ रहेका छन् ।

वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी तामाङले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?