२२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

२०८० जेठ २५ ।२२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका(३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका(५ घर भएका २३ वर्षीय उज्वल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?