सांसद विमला खत्री ओली माओवादीको सम्पर्कमा आएको माओवादीको दाबी
5 वर्ष पहिले प्रकाशित
२०७८ साउन २० गते
लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री ओली माओवादीको सम्पर्कमा आएको माओवादी नेताहरुले बताएका छन्।
ओलीलाई नेपालगञ्ज जाने भनेर दाङबाट गाडी चढाएर बुटवल ल्याएर मुख्यमन्त्री निवासमा राखिएको र उनी मुख्यमन्त्री निवासबाट निस्केर माओवादीको सम्पर्कमा आएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले जानकारी दिइन्।
उनका अनुसार ओलीलाई दबाबमा पारेर जबरजस्ती एमाले प्रवेश गरेको विज्ञप्ति निकाल्न लगाइएको थियो। घर्तीले केही दिनमै पत्रकार सम्मेलन गरेर ओलीले सबै घटनाक्रमबारे जानकारी गराउने बताइन्।
कमेन्ट गर्नुहोस्
view comments