आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने
3 वर्ष पहिले प्रकाशित
माघ १६ गते ।आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार निर्वाचनको कार्यतालिकासहित मिति तय गरिएको हो।
आयोगले सोमबार राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी मिति तोकेको हो।
त्यसमा राष्ट्रपति र उपराष्ट्रपतिको मनोनय लगायतको कार्यतालिका छ।
उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए थपलियाले जानकारी दिए ।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।
कमेन्ट गर्नुहोस्
view comments