प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने

3 वर्ष पहिले प्रकाशित

कार्तिक ३० गते ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनीले भोलीदेखि चार दिन रेल सेवा बन्द गर्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै रेल सेवा बन्द गरिएको र मंसिर ५ गतेदेखि पुनः नियमित सञ्चालन हुने महाप्रबन्धक झाले जानकारी दिए ।

हाल जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?