भीम रावलद्वारा राजीनामा फिर्ता

5 वर्ष पहिले प्रकाशित

  साउन ८, २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिनु भएको हो।

संसद बैठक बस्नुअघि उहाँले राजीनामा फिर्ता लिनु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गर्नु भएको थिएन ।

रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?