एमाले र लोसपाबिच चुनावी गठबन्धन गर्ने तयारी

4 वर्ष पहिले प्रकाशित

भदौ २४ गते । आसन्न निर्वाचनको समय नजिकिदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी गठबन्धन गर्ने तयारी थालेका छन् ।

दुई दलबीच चुनावी गठबन्धनका लागि छलफल सुरु भएको हो । यद्यपी एमालेले मधेस प्रदेशमा मात्र चुनावी गठबन्धन गर्नेगरी छलफल भइरहेको बताएको छ ।


गठबन्धनलाई मूर्त बनाउन दुबै पार्टीका अध्यक्ष छलफलमा जुटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच संवाद सुरु भएको बुझिएको छ ।

गठबन्धन गरेर चुनावी मैदानमा जान सकारात्मक भए पनि गठबन्धनको मापदण्डको विषयमा भने छलफलले प्रवेश पाएको छैन ।

लोसपा नेता डा. सुरेन्द्र झाले लोसपाले राष्ट्रिय पार्टीहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको बताए ।

ठाकुरले गठबन्धनको विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?