भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

2 वर्ष पहिले प्रकाशित

साउन १ गते ।पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसनबाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने त्यसको लाभ नहुने भएको छ ।

नेपाल आयल निगममा यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताए ।

निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?