अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ८१ पैसा आजको विनिमय दर

3 वर्ष पहिले प्रकाशित

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४१ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा पुगेको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रूपैयाँ १७ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ८० पैसा र बिक्रीदर ३३ रूपैयाँ ९६ पैसा पुगेको छ।
युएई दिराम एकको खरिदमा सोमबार ३३ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३३ रूपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले तोकेअनुसार मलेसियन रिंगिट एकको खरिददर २८ रूपैयाँ २७ पैसा र बिक्रीदर २८ रूपैयाँ ४१ पैसा पुगेको छ।
कुवेती दिनार एकको खरिददर ४०५ रूपैयाँ ०७ पैसा र बिक्रीदर ४०७ रूपैयाँ ०३ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३३० रूपैयाँ कायम गरिएको छ।
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?