प्रहरीले ८९४ एम्पुल लागुऔषधसहित भारतीय एक युवकलाई नियन्त्रणमा लिए

3 वर्ष पहिले प्रकाशित

प्रहरीले ८९४ एम्पुल लागुऔषधसहित फर्पिङबाट भारतीय एक युवकलाई नियन्त्रणमा लिएको छ।  

काठमाडौं दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्क चेक प्वाइन्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतको मोतिहारी बेलुवा ग्राम पञ्चायत-३ का १९ वर्षीय अनरजित कुमार सहनीलाई नियन्त्रणमा लिएको हो।

उनले शनिबार साँझ वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज २२५५ नम्बरको टाटा सुमोमा चामलको बोराभित्र पत्रिकामा बेरी लुकाइ छिपाई ल्याएका थिए।
उनको साथबाट नुफिन २९९ एम्पुल, फेनारगन २९७ र डाइजेपाम २९८ एम्पुल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका सहनीउपर लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार प्रहरीवृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?