स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको
4 वर्ष पहिले प्रकाशित
जेठ १२ गते । स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ । स्थानीय तह निर्वाचनमा काँग्रेसले सात, नेकपा एकीकृत समाजवादीले चार, एमालेले तीन, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको हो ।
काँग्रेससँग अहिले १४ जना पालिका प्रमुख र उपप्रमुख छन् । रौतहटमा काँग्रेसले सात पालिकामा जित हात पारेको हो । काँग्रेसले फतुवा विजयपुर नगरपालिका, राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात पार्दै जिल्लाको ठूलो दल हुन सफल भएको छ । काँग्रेससँग सात प्रमुख र सात उपप्रमुख गरी १४ सहित ठूलो दल बनेको हो ।
यस्तै, एकीकृत समाजवादीले चार पालिकामा जित हासिल गर्दै दोस्रो ठूलो दल बनेको छ । एकीकृत समाजवादीले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ ।
एमालेले देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका र मौलापुर नगरपालिकामा जित हात तेस्रो ठूलो दल बनेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिकामा जित हात पार्दै तेस्रो ठूलो दल बन्न सफल भएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा जित हासिल गर्दै चौथो स्थानमा छ । गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पार्दै दुबै पाँचौं स्थानमा छन् ।
२०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एयटा पालिकामा जित हासिल गरेको हो ।
कमेन्ट गर्नुहोस्
view comments