काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेनको जित सुनिश्चित

4 वर्ष पहिले प्रकाशित

काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेनको जित सुनिश्चित भएको छ। करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्।

जित सुनिश्चित भएपछि बालेनले विजय र्यालीको लागि काठमाडौं आएर दुख नगर्न सबैलाई अपिल गरेका छन्। 'हाम्रो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ', उनले सामाजिक सञ्जालमा लेखेका छन्।

हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत ल्याएका छन् भने सिंहले ३५ हजार ३७१ मत ल्याएकी छिन। तेस्रो स्थानमा रहेका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?