अब अन्तर बैंक एटीएममा बैंकले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन पाउने

4 वर्ष पहिले प्रकाशित

२३ पुस , २०७७

अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा २० रुपैयाँसम्म शुल्क लाग्ने छ ।

बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको हो । यो व्यवस्था आउँदो माघ १ देखि लागू हुनेछ ।

कोभिडको जोखिमबाट बच्च भन्दै सरकारले लकडाउन सुरु गरेदेखि (गत चैतमा) बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था थियो ।

शुल्क नलाग्ने व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गर्दै आएका थिए । यही कारण न्यूनतम शुल्क उठाउन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?