जगन्नाथ पौडेललाई फकाउन सकेन रामचन्द्र पौडेलले

4 वर्ष पहिले प्रकाशित

२२ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सत्ता गठबन्धनका संयोजक रामचन्द्र पौडेल भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन भरतपुर पुगेका छन् ।

वरिष्ठ नेता पौडेलले जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा र मीरा खरेललाई भरतपुर लायन्स चोकमा रहेको कांग्रेसका सांसद एवं व्यवसायी उमेश श्रेष्ठको सिराइचुली होटलमा भेटेर कुराकानी गरेका थिए । सापकोटा र खरेल मेयरका उम्मेदवार पौडेलका प्रस्तावक र समर्थक हुन् । पौडेलसहित तीनै जनाको विद्रोही उम्मेदवार एवं उम्मेदवारको प्रस्तावक र समर्थक बनेको भन्दै कांग्रेसले क्रियाशील सदस्यता खारेज गरिसकेको छ ।

भेटमा पौडेल, सापकोटा र खरेलले रेणु दाहाललाई पनि सँगै राखेर छलफल गर्न पाएको भए समाधान निस्कन्थ्यो कि भनेर उनलाई पनि बोलाउन वरिष्ठ नेता पौडेललाई आग्रह गरेका थिए । गठबन्धन सफल भएर संघ र प्रदेशको निर्वाचनमा समेत अनुकुल परिणाम आए गठबन्धनले वरिष्ठ नेता पौडेललाई राष्ट्रपति बनाउने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?