प्रदेश २ नेकपा संसदीय दलका नेतामा महतो चुनिए
5 वर्ष पहिले प्रकाशित
२१ पुस , २०७७
नेकपा (दाहाल–नेपाल) का १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको छ ।
मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन् ।
जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई सर्वसम्मति निर्णय गर्दै दलका नेताबाट हटाइएको र महतोलाई दलका नयाँ नेता चुनिएको नेकपाका सचेतक बेंची लुङेलीले जानकारी दिइन् ।
दलका नेताबाट मण्डललाई हटाइएको र दलका नयाँ नेता महतोलाई चुनिएको जानकारी सभामुख सरोज यादवलाई गराइएको लुङेलीले बताइन् ।
प्रदेश २ मा एउटै पार्टी हुँदा नेकपासँग ३२ जना सांसद थिए । नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा (दाहाल–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली) सँग १३ जना सांसद छन् ।
कमेन्ट गर्नुहोस्
view comments