निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी, जुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा

4 वर्ष पहिले प्रकाशित

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । आयोगले उम्मेदवारहरूको नामावली अझैरुजु गरिनसकेको भए पनि उजुरी दिने समय आजै तोकेको छ। आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ ।जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।

१६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।१७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । ३० वैशाखमा निर्वाचन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?