जनमत पार्टीबाट जनकपुरधामको मेयरमा अनिता साहको उम्मेदवारी दर्ता
4 वर्ष पहिले प्रकाशित
वैशाख ११ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकामा महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ। आइतबार जनकपुरधामस्थित निर्वाचन कार्यालय पुगेर साहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
जनकपुरधाम उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले निवर्तमान मेयर लालकिशोर साहलाई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मनोज चौधरीलाई उम्मेदबार बनाएको छ । लालकिशोर सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।
नेकपा एमालेले यसअघि शंकर साहको नाम सिफारिस गरे पनि लोसपाबाट प्रवेश गरेका जानकी रामले आफूलाई मेयरको टिकट दिने बताउँदै आएका छन् । अन्य दलले भने उम्मेदबार चयन गर्न सकेका छैनन् ।यहाँका लागि कांग्रेस परित्याग गरेका मनोज साह र बलराम महतोले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments