धनुषाको गणेशमान चारनाथ नगर प्रमुख यादव लोसपा पार्टीमा प्रवेश
4 वर्ष पहिले प्रकाशित
बैशाख ११।
धनुषाको गणेशमान चारनाथ नगर प्रमुख रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
जनता समाजवादी पार्टी ९जसपा०बाट मेयरमा टिकट नपाएपछि उनी लोसपा प्रवेश गरेका हुन्।
आइतबार बिहान जसपाको बैठकमा टिकट वितरण गर्ने क्रममा कुटाकुट समेत भएको छ। त्यसपछि उनले पार्टी परित्याग गर्दै लोसपा प्रवेश गरेका हुन्।
लोसपा प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया र संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले उनलाई पार्टी प्रवेश गराएका हुन्।
उनी २०७४ को निर्वाचन तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट जितेका थिए।
कमेन्ट गर्नुहोस्
view comments