जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदकालागि जसपाले फेरि लालकिशोर साहलाई दिए टिकट

4 वर्ष पहिले प्रकाशित

बैशाख ११ गते ।जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लाग जनता समाजवादी पार्टीबाट फेरि लालकिशोर साहलाई टिकट दिएको छ ।
उनलाई पुनः मेयर पदमा चुनाव लड्न जसपाले टिकट दिएको हो ।

यसअघि २०७४ मा साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०बाट मेयर पदमा निर्वाचित भएका थिए ।

पछि राजपा र संघीय समाजवादी पार्टी बीच एकता भएर जसपा बन्दा उनी महन्थ ठाकुर र राजेन्द्र महतोको कित्ता परिवर्तन गरेर उपेन्द्रमा गए ।

पार्टी विभाजन हुँदा समेत मेयर साह पुनः मेयर पदको टिकटका लागि जसपामै कायम बसे ।


पदमा रहुञ्जले जन भावना अनुसार काम नगरको तथा चरम भ्रष्टाचार गरेको भन्दै साहप्रति जकपुरका जनता असन्तुष्ट छन् ।

जनकपुरमा गठबन्धनबाट जसपाका भागमा नगर प्रमुख परेको छ । तर गठबन्धन भित्रका दलका नेता कार्यकर्ताले उनलाई मतदान नगर्ने बताइरहेका छन् ।

गठबन्धन दलका नेताकार्यकर्ताले लालकिशोर साहको बिकल्पका अनुहार जसपाले मेयरमा ल्याउनु पर्ने भन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?