उपमहानगरपालिकाका मेयर पदमा असहाय संरक्षण मञ्चका अध्यक्ष साहले गरे स्वतन्त्र उम्मेदवारी घोषणा

4 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, १० बैशाख । जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदमा असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथ साहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । साहले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सो घोषणा गरेका हुन ।
गैर सरकारी संस्था असहाय संरक्षण मञ्च गठन गरी विगत १५वर्षदेखि सामाजिक, धार्मिक, साँस्कृतिक एवं स्वस्थ्यको क्षेत्रमा कार्य गर्दै आएको अध्यक्ष साहले जनकपुरधामको फोहर व्यवस्थापन, जनकपुरधामलाई पर्यटकीय क्षेत्र बनाउन, युवालाई रोजगरी तथा गुणस्तरीय शिक्षाको क्षेत्रमा विकासका लागि आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताएका छन् ।


उनले भने, ‘आफू नेता होइन, सेवक हँु । आफूलाई जनकपुरधामको जनताको सेवाका लागि मेयर पद आवश्यक छ । विगतमा १५वर्षदेखि गर्दै आएको सामाजिक, धार्मिक एवं साँस्कृतिक कार्यको शिलशिलामा चाहे अनुसार कार्य नहुनुमा आफ्नो सम्बन्धित पद नहुनु पनि रहेछ । सामाजिक कार्यका लागि धेरै इच्छाशक्ति हुँदाहुँदै पनि गर्न नपाएकोले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छौं ।’
उनले विगतको कुरालाई कोट्याउँदै कोरोना महामारीको बेलामा, प्राकृतिक विपदको बेलामा तथा स्वस्थ्यको क्षेत्रमा सफाई लगायतको कार्यबाट यहाँका सामाज म बाट प्रभावित छन्, उहाँहरुकै चाहना र भावना अनुसार आफैले मेयर पदको उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
आफू नगरको सफाईदेखि लिएर गरीब, विपन्न तथा असहायको क्षेत्रमा उल्लेखनीय कार्य गरेको कसैसँग लुकेको छैन उनले भने, ‘मलाई नेता बन्नु छैन, सेवक भएर कार्य गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?