सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनका शीर्ष नेताको निर्णय
4 वर्ष पहिले प्रकाशित
बैशाख ०८ गते । सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।नेकपा माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका
शीर्ष नेताले सम्बोधन गर्ने छन् । साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको गुरुङको भनाइ छ । ठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए ।बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए ।
कमेन्ट गर्नुहोस्
view comments