स्थानीय तह निर्वाचनको आचारसंहिता विपरितमा शिक्षकहरु चुनावी प्रचारमा

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख ८ गते । स्थानीय तह निर्वाचनको आचारसंहिता विपरित कपिलवस्तुमा शिक्षकहरु चुनावी प्रचारमा हिड्ने गरेको पाइएको छ ।2 (1) 

कृष्णनगर नगरपालिका वडा ११ सरफरको नेपाल राष्ट्र आधारभुत विद्यालयका प्रधानाध्यापक प्रहलाद पाण्डे कपिलवस्तु नगर प्रमुखका एमाले उम्मेदवार कुनाल प्रताप शाहको प्रचार प्रसारमा खटिएका छन ।विद्यालयको कामकाज प्रभावित हुनेगरि नै निर्वाचन अचारसंहिता विपरित चुनावी प्रचारमा खटेका पाण्डेय नेपाल शिक्षक संघ कृष्णनगर नगर कमिटिका अध्यक्ष पनि हुन ।

निर्वाचन आयोगले सरकारी कर्मचारीले कुनै पनि दल र नेताको प्रचार प्रसार गर्न नहुने निर्देशन गरे पनि नेकपा एमालेका नेताको प्रचारमा गाउँ घुमेर भोट माग्दै हिँडे पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयबासिन्दाको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?