गृहमन्त्रालयद्वारा स्थानीय तहको चुनाव लक्षित सुरक्षा योजना लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र
4 वर्ष पहिले प्रकाशित
२०७९ वैशाख ७ गते । स्थानीय तह निर्वाचन लक्षित सुरक्षा योजना लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयले परिपत्र गरेको छ ।
मन्त्रालयले सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो । उक्त सुरक्षा नीति कार्यान्वयन गर्न गृहले पुनः पत्र पठाएको गृहमन्त्रालय स्रोतले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहले तयार पारेको चुनावी सुरक्षा योजना लागू गराउन सबै जिल्ला प्रशासनलाई अनुरोध गरी परिपत्र गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments