तुलसी पञ्जियार सहित सयौं युवाहरु जसपामा प्रवेश गरे

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख ६ गते । जनकपुरधाम उप–महानगरपालिका–१६ का तुलसी पञ्जियार सहित सयौं युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।2 (1) 

जसपाका जनकपुरधाम नगर समितिका अध्यक्ष विष्णुदेव साहको अध्यक्षता तथा मेयर लाल किशोर साहको प्रमुख आतिथ्यमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा पञ्जियार सहित सयौं युवाहरु जसपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै मेयर साहले जनकपुरधामका युवाहरु उर्जावान रहेको र यिनीहरुकै उर्जाका कारण पटक पटक भएको आन्दोलनहरु सफल भएको बताएका थिए । उनले युवाहरुलाई शक्ति संचित गरी सकारात्मक कार्यमा लगानी गर्नका लागि आग्रह गर्दे उनले उर्जालाई नकारात्मक र सकारात्मक दुई दिशामा डोर्याउन सकिन्छ त्यो उनीहरुकै हातमा रहेको बताए । सकारात्मक उर्जाले सकारात्मक शक्ति उत्पन्न गर्छ र नकारात्मकले नकारात्मक शक्ति उत्पन्न गर्ने गरेका कारण सकारत्मकतामाथि जोड दिएका थिए ।

युवालाई भविष्यको कर्णाधार भनेर भनिए पनि त्यो नेताहरुको भाषणमै सीमित हुने गरेका भए पनि आफूले युवाहरुलाई उत्साहित गर्नका लागि विभिन्न खेलकुद तथा कार्यक्रमहरु सम्पन्न गरेको बताए । उनले जनकपुरधाम उप– महानगरपालिका भन्दा बढी कुनै पालिकाले युवा लक्षित कार्यक्रम ल्याउन नसकेको दावी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?