स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले आज उम्मेदवारको टुंगो लगाउँदै
4 वर्ष पहिले प्रकाशित
वैशाख ५ गते ।आसन्न स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले आज (सोमबार) उम्मेदवारको टुंगो लगाउँदैछ ।
पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरण हुने कार्यक्रम रहेको पार्टीको सचिवालयले जनाएको छ ।सोमबार पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरण गरिने र वैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने पार्टी निकट स्रोतले जनाएको छ ।
वडाध्यक्षहरूका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालय, जनकपुरधाम, प्रदेश –१ को विराटनगर र लुम्बिनी प्रदेशको भैरहवाबाट टिकट वितरण हुनेछ ।जनमत पार्टीबाट उम्मेदवार हुनका लागि उम्मेदवारहरूले मनोनयन–पत्र लिनुअगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । यसका साथै निर्वाचनमा हुने खर्चपनि उम्मेदवार आफैले व्यहोर्नुपर्ने जनमत पार्टीले जनाएको छ ।
मुलधारको राजनीतिमा आएपछि जनमत पार्टी पहिलो पटक निर्वाचनमा जान लागेको हो । यसअघि स्थानीय तहको उपचुनावमा भाग लिँदा पनि जित हाँसिल गर्न सकेको थिएन ।
कमेन्ट गर्नुहोस्
view comments