यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नहुने

4 वर्ष पहिले प्रकाशित

वैशाख ४ गते । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो ।3 

मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र प्रकाशित गरी आयोगले स्वयंसेवकहरु परिचालन गरी भोट हाल्ने तरिका सिकाउँथ्यो । यो काममा आयोगले लाखौं बजेट खर्च गरे पनि मत बदर हुन नरोकिएको र मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकहरु निष्पक्ष नभएको गुनासो आउने गरेको थियो ।मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान नगर्ने निष्कर्षमा आयोग पुगेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने बताए । मतदान स्थलमै सूचना केन्द्र स्थापना गर्ने दुई दिन भोट हाल्ने तरिका सिकाइने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?