चुनावबारे छलफल गर्न माओवादी केन्द्रको बैठक जारी

4 वर्ष पहिले प्रकाशित

वैशाख २ गते । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेलबारे छलफल हुने छ ।3 

आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो । माओवादी केन्द्र सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्ने पक्षमा छ ।सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको सैद्दान्तिक सहमति भए पनि अझै भागबन्डा टुंगिन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?