नेपाली कांग्रेसको चुनावी घोषणा पत्र पारित

4 वर्ष पहिले प्रकाशित

वैशाख १ गते । नेपाली कांग्रेसको चुनावी घोषणा पत्र पारित भएको छ । 4 

बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी घोषणा पत्र पारित गरेको हो । बैठकमा घोषणा पत्र निर्माण समिति संयोजक महामन्त्री गगन थापाले घोषणा पत्रका मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।त्यसमाथि पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूले सुझाव राखेपछि महामन्त्री थापा संयोजक रहेको समितिले नै अन्तिम रूप दिने गरी घोषणा पत्र पारित गरिएको हो।

घोषणा पत्रका लागि पार्टीका नेताहरू, विज्ञ, जनप्रतिनिधि र सर्वसाधारणबाट सुझाव माग गरिएको थियो। कांग्रेसले वैशाख ११ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। केन्द्रबाट घोषणा पत्र र वडादेखि पालिकासम्म उम्मेदवारले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कांग्रेसमा तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?