गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको : ओली
4 वर्ष पहिले प्रकाशित
वैशाख १ गते । विक्रम सम्वत् २०७९ को पहिलो दिन, अर्थात् वैशाख १ गते । नयाँ वर्षको अवसरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
उनले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको बताएका छन् । ‘केही अवाञ्छित शक्तिका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्याका कारण केही वर्षदेखि सुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो’, उनले भनेका छन्, ‘विसंगति, वेथिति र अस्थिरताका पुराना दुषित खेलको फेरि पुनरावृत्ति भएको छ ।’
गत वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय भएको ओलीको दाबी छ । ‘व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायामुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै छ । संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ’, उनले भनेका छन्, ‘केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ ।’
ओलीले यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख रहेको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments