धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जसपामा प्रवेश
4 वर्ष पहिले प्रकाशित
चैत ३० गते ।धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् ।
उपमेयर झालाई जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । झा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । जसपा नेपाल विभाजन हुँदा उपमेयर झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेकी थिइन् ।
तत्कालिन राजपा नेपालबाटै निर्वाचित हंसपुर नगरपालिकाका मेयरमा रामज्ञान मण्डलसँग लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो । स्थानीय तहको निर्वाचन आउन लाग्दा समेत उनलाई लोसपाले बेवास्ता गरेपछि जसपा नेपाल रोजेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments