बटेश्वर गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष राउतलाई उम्मेदवार फेरी बनाउने एमालेको निर्णय

4 वर्ष पहिले प्रकाशित

चैत २९ गते । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष डम्बरबहादुर राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।4 

एमाले गाउँपालिका कमिटीले राउतलाई सर्वसम्मतरुपमा पालिका अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको हो ।गाउँपालिकाको अध्यक्षका लागि एमालेका गाउँपालिका कमिटीका अध्यक्ष रामखेलावन महतो, हिरालाल महतो, श्याम महतो, दीलिप लामा, रामपुकार महतोलगायत आकांक्षी थिए । तर पालिका कमिटीका अधिकांश सदस्य राउतको पक्षमा उभिएपछि अरु नेतापछि हटेको नेता हिरालालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?