चुनावमा तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक चल्दै
4 वर्ष पहिले प्रकाशित
चैत २८ गते ।आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको शीर्ष नेताको बैठकमा तालमेलको मोडालिटीबारे छलफल भइरहेको छ ।
आजै संयुक्त अपिल जारी गर्ने गठबन्धनको तयारी छ । पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय भए पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पालिकाबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ।
कमेन्ट गर्नुहोस्
view comments