जनकपुरधाम उपमहानगरपालिकाको मेयर तथा उपमेयरका लागि लोसपाद्वारा५–५ जनाको सिफारिस

4 वर्ष पहिले प्रकाशित

चैत २८ गते ।लोकतान्त्रिक समाजवादी पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको मेयर तथा उपमेयरका लागि ५–५ जनाको नाम सिफारिस गरेको छ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार लोसपा नेपाल धनुषाको नगरस्तरीय बैठकले मेयर र उपमेयरका लागि ५–५ जनाको नाम सिफारिस गरेको नगरसभापति मनोजकुमार चौधरीले जानकारी दिए।3 

नगरप्रमुखका लागि नगरसभापति चौधरी, प्रदेशसभा सदस्य परमेश्वर साह, केन्द्रीय सदस्य सञ्जय चौधरी, अमर पञ्जियार र वडा नं। ७ का वडाध्यक्ष जानकी राम साहको नाम सिफारिस गरिएको छ।

त्यस्तै, उपप्रमुखमा वर्तमान उपप्रमुख रीताकुमारी मिश्र, विभा ठाकुर, विभा पाण्डे, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको छ।

लोसपाकी केन्द्रीय सदस्य रुकमिणी मण्डलको प्रमुख आतिथ्य तथा लोसपा धनुषाका अध्यक्ष परमेश्वर साह र नगर सभापति मनोजकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले नाम सिफारिस गरेको छ।

यसअघि आइतबार नै नेकपा एमालेले जनकपुरधामको मेयरका लागि शिवशंकर साह हीराको नाम सिफारिस गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?